मोती जयन्तीमा गजल

८ भदौ, दमक । साहित्य कला संगम दमकले शनिवार मोती जयन्तीका अवसरमा कार्यक्रम गरेको छ । १४९ औं मोती जयन्तीका अवसरमा कार्यपत्र प्रस्तुत र खुल्ला गजल प्रतियोगिता सम्पन्न गरिएको हो । महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्रध्यापक दिपक न्यौपानेले मोतीराम भट्ट र आधुनिक गजल परम्परासम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमाथि टिप्पणी स्रष्टा बिवश बलिभद्र कोइरालाले गरेका थिए । संस्थाका अध्यक्ष रुद्र निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा खुल्ला गजल वाचन प्रतियोगिता पनि गरिएको थियो । प्रतियोगितामा रहस्यविक्रम चिमेरिया बिर्तामोड प्रथम, कल्पना आचार्य दमक दोस्रो र गगन लिम्वु उर्लावारी तृतीय भएका थिए । कार्यक्रमका प्रमख अतिथि साहित्यकार कर्ण कुमार श्रेष्ठ, स्रष्टा केपी ढकाल, संस्थाका उपाध्यक्ष हेम अधिकारीले मोतीराम भट्टको जीवनीमाथि चर्चा गरेका थिए ।

Comments