रेडियो बेतनाका अध्यक्षद्वारा राजीनामा

१४ भदौ, मोरङ। बिगत ३ बर्षदेखि मोरङको बेलबारीमा सञ्चालित रेडियो बेतना ९७.१ मेगाहर्जका अध्यक्ष तथा कार्यकारी प्रमुख राजकुमार लिम्बुले पदबाट राजीनामा दिएका छन् । रेडियो सञ्चालक समितिले पटकपटक आफुलाई असहयोग गरेको र कुनै काम गर्न नदिएको भन्दै उनले राजीनामा पेश गरहेका हुन् । 'मैले धेरै प्रयास गरेँ तर आफ्नै साथीहरुबाट धोका भयो', उनले भने, 'रेडियोलाई ब्यवस्थित गर्न प्रयास गर्दागर्दै असम्भव भएपछि मैले राजीनामा दिएको हो ।' लिम्बु रेडियो बेतनाका अलावा नेपाली काँग्रेस बेलबारी नगर सभापति साथै प्राध्यापकसमेत हुन् ।

Comments