सुनसहितको धनमाल चोरी गर्ने व्यक्ति बोल्न सक्ने नै भएको खुलासा

२ भदौ, दमक । एक साताअघि चोरीको अभियोगमा पक्राउ परेका लाटो भनिएका एक व्यक्ति लाटो नभएको प्रहरीले जनाएको छ। गत साउन २६ गते पक्राउ परेका पोखराको फेवाताल घर भएका भनिएका मनोज पाण्डेको बास्तविक नाम र ठेगानासमेत अर्कै रहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो । चोरी गरिएको सुन र नगदसहित करिव २ लाख ६० हजाररूपैयाँको धनमालसहित पक्राउ परेका सो व्यक्ति भारतको गोरखपुर पिपरा भन्ने ठाउँको र उसको वास्तविक नाम मनोज चमार रहेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ । प्रहरीका अनुसार उसले कार्वाहीबाट जोगिनका लागि लाटो भएको अभिनय गरेको हो । चमारले गत साउन २६ गते झापा बाहुनडाँगी २ का हेमराज भारतीको सुनको बिभिन्न गहना तथा नगद चोरी गरेपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले उनलाई पक्राउ गरेको थियो ।

Comments