समस्या बताउँदा ज्यानको जोखिम

नरेन्द्र बस्नेत, १३ भदौ, मोरङ। आजकाल त समस्या पनि कस्तो कस्तो ! आफुलाई परेको समस्या भन्दा उल्टै असुरक्षित हुनु पुगेको मोरङ उर्लाबारी ३ का गणेश दाहालले गुनासो गरेका छन् । 'रातको समयमा ट्रयाक्टर हिँड्दा आफुहरुलाई समस्या भयो भन्दा उल्टै असुरक्षित हुनुपरेको छ', दाहालको गुनासो छ । सञ्चार क्लब नेपाल उर्लाबारीमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै दाहालले रातको समयमा दर्जनौं ट्याक्टरहरु उर्लाबारीस्थित मावा खोलामा बालुवा लिन जाँदा आफुरुको निद्रा हरण भएको गुनासो राख्दा उल्टै आफु असुरक्षित हुन थालेको दाहालले गुनासो गरे । उनका अनुसार एक हप्ता पहिलेदेखि उर्लाबारीस्थित मावा खोलामा दर्जनौं ट्याक्टरहले लाइटसमेत निभाएर जाने गरेका छन् । जसका कारण सवारी दुर्घटना तथा आफुहरुको निद्रा हरण भएको गुनासो स्थानीय एक पत्रिकामा प्रकाशन भएको थियो । पत्रिकामा प्रकाशित समाचारलाई लिएर ट्याक्टर व्यवसायीहरुले आफुहरुको रोजीरोटीमा धावा बोलेको भन्दै फोन गर्ने गरेको दाहालले बताए । पत्रकार सम्मेलनमा उनले भने, 'हामीले उहाँहरुको व्यवसायमा धावा बोलेको हैन, रातको समयमा बालुवा ओसार्न मिल्ने भए दिउँसो किन नमिल्ने ?' रातमा दर्जनौं ट्याक्टरहरु खोला जाँदा निद्रा खराब भएको तथा लाइट नबालिकन जाँदा दुर्घटनाको सम्भावना समेत रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै दाहालले रातभर ट्याक्टर व्यवसायीहरुले बालुवा निकासी गर्ने गरेको खबर प्रहरीलाई जानकारी गराउँदासमेत आलटाल गर्ने गरेको बताए ।

Comments