कसार साप्ताहिकको बार्षिकोत्सवमा आधा दर्जन सम्मानीत

१३ भदौ, दमक । झापाको गौरादहबाट प्रकाशित हुने कसार साप्ताहिकले सञ्चारकर्मीसहित विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई सम्मानित गरेको छ । पत्रिकाको पाँचौ वार्षिकोत्सवका अवसरमा आज सञ्चारकर्मी निरज अग्रवालसहित विभिन्न क्षेत्रका छजना प्रतिभाहरुलाई सम्मान गरेको हो । यसरी सम्मानीत हुनेहरुमा राष्ट्रसेवक कर्मचारीतर्फ मालपोत कार्यालय दमकका प्रमुख डाक्टर बच्चुराम कार्की, महारानीझोडा गाविसका सचिव टेकबहादुर कार्की, सामाजिक व्यक्तित्व गंगाराम ताजपुरिया, देवेन्द्र कुमार खड्का, विद्यार्थीतर्फ गगन डाँगील रहेका छन् । पत्रकारिता र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो । उनीहरुलाई नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्बाङले सम्मानित गरेका थिए । कार्यक्रममा कसरा साप्ताहिकका सम्पादक तथा प्रकाशक बेणु प्रसाद अधिकारीले ग्रामीण क्षेत्रमा कसार पत्रिकाले जनताको सुसुचित हुने अधिकारलाई उठान गर्दैआएको बताएका थिए ।

Comments