कनकाईमा तीजको लहर

६ भदौ, सुरुङ्गा। कनकाई नगरपालिका भित्रका विभिन्न संघ संस्थामा तीज विशेष कार्यक्रम मनाउने लहर बढेको छ । परम्परागत रुपमा मनाइने यस पर्व शुक्रबार सहारा नेपाल सुरुङ्गा सेवा केन्द्रले पनि कोटीहोमस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा भव्य कार्यक्रम गरेर मनाएको छ । सहारा नेपाल सुरुङ्गा सेवा केन्द्रकी सदस्य खिनमाया खतिवडाको अध्यक्षता रहेको सो कार्यक्रममा मल्टी प्रोसेसिङ इलेक्ट्रोनिक सेन्टरका सञ्चालक भानु ओलीले सौर्य उर्जाको प्रयोग गर्दा गुणस्तरतालाई विशेष ध्यान दिन आग्रह गरेका थिए । सहारा नेपालद्वारा सञ्चालित सौर्य उर्जा कर्जा प्रवाहको बारेमा प्रष्ट पार्दै ओलीले यस्तो आग्रह गरेका हुन् । कार्यक्रमको सह-आयोजक समेत रहेको सेन्टरका ओलीले सबैको घरघरमा सौर्य उर्जा सस्तोभन्दा भरपर्दो र टिकाउलाई रोज्न सबै महिला दिदी बहिनीहरुलाई सुझाव दिएका थिए । कार्यक्रममा राष्ट्रिय कलाकार भानु ओलीले नेपाली लोक गीतको विशेष प्रस्तुति दिएका थिए । कार्यक्रममा ओलीले लोक भाकाको प्रस्तुति दिँदा उपस्थित सम्पूर्ण छमछमी नाचेका थिए । सो तीज विशेष कार्यक्रममा सहारा नेपालका अध्यक्ष ताराप्रसाद सञ्जेलको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रममा कनकाई आर्यघाट संस्थाका अध्यक्ष प्रभाखर कडरिया, कनकाई सामुदायिक वनका अध्यक्ष रुद्र चिमरिया, संस्थापक कोषाध्यक्ष उपेन्द्र ओली, सहारा नेपाल सुरुङ्गा सेवा केन्द्रका अध्यक्ष भीमप्रसाद अधिकारी, मेनुका मैनाली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागी निर्मला भट्टराईले तीजलाई तडकभडक एवं पश्चिमी शैलीबाट जोगाउन सम्पूर्ण आमा दिदी बहिनीहरु नै अग्रसर हुनुपर्ने धारणा राखिन् । यसै बीच कनकाई नगरपालिका-७ मा रहेको हरिबोधनी कीर्तन भजन समूह तथा सामाजिक युवा समुहले तीजको उपलक्ष्यमा एक कार्यक्रमका बीच सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । तीज विशेष सो सांस्कृतिक कार्यक्रममा ९० बर्ष माथिका मैनादेवी थपलिया लगायतले संगिनी नृत्य, स्थानीय बालबालिकाहरुद्वारा बाल नृत्य, सन्थाल समुदायहरुबाट सन्थाल नृत्य गरिएको थियो । कार्यक्रममा समूहकी यशोदा उप्रेतीको अध्यक्षता रहेको थियो भने कनकाई नगरपालिकाका कार्यकारी अधिकृत रुद्रप्रसाद कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाकी कोषाध्यक्ष शान्ता निरौलाले सो अवसरमा समुहको आय-व्यय विवरण समेत प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा नेकपा एमाले कनकाई नगर कमिटीका अध्यक्ष छवि थपलिया, नेपाली कांग्रेसका नगर सभापति लीला कटुवाल, नेपाली कांग्रेस झापा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष यादव उप्रेती, सुरुङ्गा सामुदायिक अध्ययन केन्द्रकी अध्यक्ष पाठक, एमाओवादीका चन्द्रमान कन्दङ्वा, समूहकी सदस्य सीता ओली, कोषाध्यक्ष तारा भण्डारीले मन्तव्य राखेका कीर्तन समूहको व्यवस्थापन संयोजक एवं सुरुङ्गा प्रेस क्लबका सचिव राम निरौलाले बताए । यता ग्रामीण विकास सेवा केन्द्र कनकाई नगरपालिका - ३ ले पनि तीज तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । सेवा केन्द्रका अध्यक्ष नवलकिशोर दत्तको अध्यक्षता रहेको सो कार्यक्रममा ७९ वर्षिया बृद्ध गौरीशंकर भुसालको प्रमुख आतिथ्य रहेको थियो । संस्थाले सामाजिक क्षेत्रका हरेक कार्यहरुलाई अगाडि बढाउने हेतुले आफ्नो गाउँ आफैं बनाऔं उद्घोषका साथ उक्त कार्यक्रम आयाजना गरेर कार्यक्रम सञ्चालक विवेक शिवाकोटीले बताए ।

Comments