खाजाको पैसा जोगाएर बाढीपिडितलाई राहत

९ भदौ, बिर्तामोड। बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी कलेज र त्यहाँ अध्ययनरत विद्यार्थीले बाढीपहिरो पीडितका लागि राहत प्रदान गरेका छन् । आज सोमबार कलेजमा आयोजित समारोहका बीच कलेजका प्रिन्सिपल रुपक खनालले नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटीलाई राहत स्वरुप १३ हजार रुपैयाँको चेक हस्तान्तरण गरे। सभापति शिवाकोटी र कलेजका पूर्व विद्यार्थी तथा रेडक्रस बिर्तामोडका उपसचिव एकराज गिरीले पीडितका लागि कलेज र विद्यार्थीले देखाएको सहयोगी भावनाको सराहना गरे। प्रिन्सिपल खनालले विद्यार्थीले खाजा खान ल्याएको रकम पीडितका लागि राहत दिन संकलन गरेको र कलेजले केही रकम थप गरेको जानकारी दिए । रेडक्रसमार्फत उक्त रकम केन्द्रीय दैवीप्रकोप राहत कोषमा पठाइने छ । रेडक्रस उपशाखा बिर्तामोडले अन्य कलेज र विद्यालयलाई पनि मानवीय भावनाले राहत संकलनकालागि आग्रह गरेको छ ।

Comments