बसको ठक्करबाट स्कुटीमा सवार एकै परिवारका चार घाइते

४ भदौ, पथरी । पूर्वपश्चिम राजमार्गअन्तरगत मोरङको पथरीमा आज बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका चारजना घाइते भएका छन्। विहान साढे ७ बजेतिर पूर्वबाट पश्चिम जाँदैगरेको को १ ख २१०८ नम्बरको बसले विपरीत दिशातर्फ आउँदैगरेको मे ६ प ३६२६ नम्बरको स्कुटरलाई पथरी ९ मा ठक्कर दिँदा एक दम्पती र तिनका दुई छोरी घाइते भएका हुन् । घाइते हुनेमा स्कुटर चालक झापा दमक नगरपालिका १६ का ३० बर्षीय पुजन धिमाल, उनकी २६ वर्षिया श्रीमती रिना धिमाल र छोरीहरु ७ वर्षिया प्रमिशा र ३ वर्षिया देनिशा रहेका छन् । गम्भीर घाइते दम्पतीको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने दुई छोरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसचालक मेचीगगरपालिका बस्ने बर्ष ४५ को नरवीर तामाङ तथा बसलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

Comments