बिर्तामोड, भदौ १३ ।
चाडपर्व नजिकिएसँगै साप्ताहिक रुपमा हरेक सोमबार बन्द हुँदै आएको विर्तामोड बजार अब सातै दिन खुल्ने भएको छ । 
झापा उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष बलराम कार्कीको अध्यक्षतामा बसेको बैठकले आगामी छठ पर्वसम्म बजार खुलाउने निर्णय गरेको संघका कार्यालय सचिव राजु गौतमले जानकारी दिए । 
सेवाग्राहीलाई सेवा प्रदान गर्न सहज होस् भनेर बजार खुल्ला गर्ने निर्णय गरेको संघका अध्यक्ष कार्कीले बताए । 

Comments
Post a Comment