योगी योगेन्द्र,
१३ भदौ, संखुवासभा।
संखुवासभा जिल्लामा गृह मन्त्रालयले तोकेको सयमसिमाभित्र जिल्ला प्रहरी कार्यालय संखुवासभाले ६३ नाल भरुवा बन्दुक संकलन गरेको छ । संखुवासभा प्रहरीले साउन महिनामा मात्रै  जिल्लाका विभिन्न  १२ वटा प्रहरी चौकीहरुबाट ६३ वटा भरुवा बन्दुक संकलन गरेको छ ।
 अघिल्लो बर्ष ५३ थान, यसबर्षको बैसाख र जेठ महिनामा ५६ थान र असारमा ५६ थान गरी १ सय ६५ थान अवैध हतियार  संकलन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ  । अहिलेसम्म संखुवासभा जिल्लामा २ सय २८ थान अवैध भरुवा बन्दुक संकलन गरिसकेको प्रहरीले जनाएको छ । गृह मन्त्रालयले तोकेको समयसिमामा  हतियार नबुझाउनेलाई  खरखजना ऐन अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी नन्दीकेशर त्रिपाठीले बताएका छन् ।
Comments
Post a Comment