ज्येष्ठ नागरिक कनकाईमा बाराकोटी

१४ भदौ, सुरुङ्गा। ज्येष्ठ नागरिक कनकाई नगर समितिको अध्यक्षमा पुण्यप्रसाद बाराकोटी सर्वसम्मत चयन भएका छन् । सुरुङ्गा निवासी बाराकोटी समाजसेवी व्यक्तित्वको रुपमा मानिन्छन् । कनकाई बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न ज्येष्ठ नागरिकहरुको बृहत भेलाले गठन गरेको समितिको उपाध्यक्षमा तारादेवी थपलिया, सचिवमा शम्भुप्रसाद पोखरेल, सह-सचिवका तारा खनाल र कोषाध्यक्षमा दुर्गादेवी ओलीलाई चयन गरेको छ । त्यस्तै समितिको सदस्यहरुमा लक्ष्मीप्रसाद काफ्ले, कपिल सिटौला, रघुनाथ भट्टराई, खेमराज दाहाल, यामनाथ बिमली, पदमप्रसाद ओली, युवाराज मिश्र र गेहनाथ उप्रेती चयन भएका छन् । उक्त समिति गठन गर्न विष्णुप्रसाद चुडाल संयोजक, निलमणि पन्त र शान्ता पोखरेल सदस्य रहेको निर्वाचन समितिले काम गरेको थियो । कुलप्रसाद बिमलीको अध्यक्षता र संघका जिल्ला अध्यक्ष भवानीप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जयप्रसाद संग्रौला, तारासम यङ्या, रुद्र तामाङ, सूर्य नारायण गणेश, कमलप्रसाद पन्त लगायतको मन्तव्य रहेको थियो । भगिरथा शिवाकोटी, हरिप्रसाद तिम्सिना, तेजबहादुर आचार्य, श्रीप्रसाद बिमली, छविलाल पोखरेल लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन रघुनाथ भट्टराईले गरेका थिए ।

Comments