गरीवी कार्यक्रमका अध्यक्ष पक्राउ

१५ भदौ, दमक। बचतकर्ताको बचत रकम ठगी गरेको आरोपमा प्रहरीमा मुद्दा परेका फरार एकजना पक्राउ परेका छन् । झापाको दमकस्थित मजवुद बचत तथा ऋण सहकारी संस्था सञ्चालकहरुले निक्षेप रकम ठगी गरेको प्रहरीमा उजुरी गरेपछि त्यसका एक सञ्चालक बालकुमार भुजेललाई प्रहरीले झापाको काँकड्भिट्टाबाट समातेको हो । मेचीनगर-१० काँकरभिट्टाका भुजेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । भुजेल सो सहकारी सञ्चालन पूर्व गरिवी न्युनिकरण कार्यक्रमको अध्यक्ष भएको खुल्न आएको छ । उनी सहकारी संस्था र कार्यक्रमका योजनाकार रहेको प्रहरीको भनाई छ । सहकारी संस्थाका अध्यक्ष बेनु कुमार लिम्वु दुईसाताअघि समातिएका थिए । भुजेल दोषी ठहरिए ठगीको मुद्दा चलाउने प्रहरीले जनाएको छ । करिव तीन करोड रुपैयाँ ठगी गरेको भनी सय बढी निक्षेपकर्ताहरुले प्रहरी कार्यालय दमकमा उजुरी गरेका थिए ।

Comments