कलाकर्मी सहकारीद्वारा राहत हस्तान्तरण

१३ भदौ, दमक । झापा दमकको कलाकर्मी बचत तथा ऋण सहकारी संस्थाले देशका विभिन्न क्षेत्रहरुमा हालै आएको बाढी, पहिरोका पिडीतहरुलाई सहयोग जुटाउन १८ हजार रूपैयाँ बढी रकम सरकारलाई उपलब्ध गराएको छ । आज संस्थाले एक कार्यक्रम गरी संकलित १८ हजार ६ सय ११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा पठाएको जनाएको छ । कोषमा पठाएको रकमको चेक दमकस्थित इलाका प्रशासन कार्यालयका प्रमुख बासुदेव कोइरालालाई हस्तान्तरण गरिएको थियो । सोही अवसरमा संस्थाले आसन्न दोश्रो वार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन समेत सार्वजनिक गरिएको संस्थाका अध्यक्ष जनार्दन मैनालीले जानकारी दिए। यसैगरि आज नै झापाको गौरादहस्थित शुभलक्ष्मी सहकारी संस्थाले १६ औ वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाको कार्यालयमा पत्रकार सम्मेलन गरी साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष फडिन्द्रराज दाहालले सो प्रतिवेदन सार्वजनिक गरेका थिए । संस्थाको भाद्र २७ र २८ गते चुनावी साधारणसभा हुने भएको सचिव बद्री कार्कीले जानकारी दिए। संस्थाले तीन महिनादेखि बैगुन्धुरामा समेत सेवा केन्द्र विस्तार गरेको र गौरीगञ्जमा थप एक सेवा केन्द्र विस्तार गरिने तयारी गरेको समेत जनाइएको छ ।

Comments