कुटपिटबाट घाइते एक महिलाको मृत्यु

५ भदौ, सुनसरी। करिव दुई साताअघि स्थानीयवासीको कुटपिटबाट घाइते भएकी सुनसरीको कप्तानगञ्जकी एक महिलाको आज मृत्यु भएको छ । कप्तानगंज २ मा गएको साउन २४ गते स्थानियले कुटपिट गर्दा घाइते भएकी बनाइएकको कुटपिटबाट घाइते भएकी ३५ बर्षिय करिशमा खातुनको आज राति मृत्यु भएको हो । कुटपिटबाट घाइते भएकी खातुनको जिल्ला अस्पताल इनरुवामा उपचार भइ गत मंगलबार डिस्चार्जपछि घर लगिएको थियो । कुटपिटमा संलग्न स्नानीय हसिना खातुन, साब्रुन खातुन, सहना खातुन र रासुल मियालाई पक्राउ गरी कारवाहीका लागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय देवानगंजले जनाएको छ ।

Comments