गरामनीमा हात्तीले घर भत्कायो

८ भदौ, दमक। झापाको गरामनीमा गएराति जंगली हात्तीले एउटा घर भत्काएको छ । राति साढे ११ बजेतिर आएको एउटा हात्तीले गरामनी ४ की राधा कटुवालको कच्ची घर भत्काएको हो । घर भत्किँदा उनको करिब ३० हजार रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीले घरभित्रको खाधान्नसमेत नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोली र स्थानीयबासीले राति १२ बजेतिर सो हात्ती लखेटेका थिए।

Comments