३ भदौ, मोरङ।
मोटरसाइकलको ठक्करबाट मोरङको उर्लाबारीमा एक युवक घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको मे ५ प ३४८६ नम्बरको मोटरसाइकलले उर्लाबारी १ मा साइकललाई ठक्कर दिँदा साइकलमा सवार भूटानी शरणार्थी शिविर शनिश्चरेका २१ बर्षिय शान्त बहादुर राई गम्भीर घाइते भएका हुन् । आज अपरान्ह सवा १२ वजेतिर भएको सो दुर्घटनाका घाइते राईको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालक कमल बिश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Comments
Post a Comment