२ भदौ, दमक ।
झापाको दमक १५ स्थित हरिततारा महिला कृषि सहकारी संस्थाले आज एक समारोहको आयोजना गरी आफ्नो नयाँ कार्यालयको उद्घाटन गरेको छ ।
नयाँ कार्यालय उद्घाटनसँगै संस्थामा करिव चार दर्जन नयाँ सदस्य थपिएका छन् ।
यसअघि दमक १५ को वुद्धचोकमा रहेको संस्थाको कार्यालय आजबाट सोही वडाको चिया दोकानमा सारिएको संस्थाकी कोषाध्यक्ष कमला बोहोराले जानकारी दिइन् ।
दमक १५का स्थानीय महिलाहरुद्वारा सञ्चालित सो सहकारीमा आज मात्रै ४४ जना सेयर सदस्य थपिएका छन् । नयाँ सदस्यसँग संस्थाका सदस्यहरुको संख्या १ सय नाघेको संस्थाकी अध्यक्ष पम्फा दहालले जानकारी दिइन् ।
नयाँ सदस्यहरुलाई अविर र टिका लगाई स्वागत गरिएको थियो ।
Comments
Post a Comment