राई पत्रकार संघको नयाँ नेतृत्व

७ भदौ, दमक। किरात राई पत्रकार संघको अध्यक्षमा दीपेन्द्र राई चुनिएका छन् । संघको राजधानीमा शुक्रवार सम्पन्न तेश्रो महाधिबेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत गठित समितिको उपाध्यक्षहरुमा गणेश साम्पाङ राई, भोटराज राई, खुसी राई (महिला) र कुम्भराज राई चयन भएका छन् भने महासचिवमा प्रकाश खालिङ, सचिवहरुमा बुद्धवीर बाहिङ, भक्त राई, अवतार राई, रीता राराहाङ राई (महिला) चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा प्रकाश राई र सह-कोषाध्यक्षमा विशाल राई चयन भएका छन् । त्यसैगरी संघको सदस्यहरुमा भीम राई, डीबी खालिङ, गणेशकुमार राई, सरिता पुमा राई, सौखिन बान्तवा राई, प्रकाशसिंह राई, सन्दीप झझल्को राई, सचिन राई, प्रतीक्षा बान्तवा ,गोविन्द राई, अमित राई चयन भएको संघले जनाएको छ ।

Comments