३१ साउन, पथरी। मोफसलमा रहेर कलाकारितालाई अघि बढाइरहेका नायक मनोज घतानीले आफूलाई अनावश्यक झुटा आरोप लगाई दुःख दिएको भन्दै एक प्रेस विज्ञप्ति जारी गरी खेद प्रकट गरेका छन् । मोरङको हसन्दह-८ देखि पथरी बजार आउने क्रममा छिमेकीहरु सुष्मा तामाङ र शारीरिक असक्त अमृता खड्काले मोटरसाइकलमा लिफ्ट मागेपछि पथरीसम्म ल्याएको उनले बताए । त्यसपछि ती महिलाहरुसँग भेट नभएको उनले बताए । त्यसपछि ती महिलाहरु वेपत्ता भएका थिए । अमृता खड्काले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । 'उजुरीको आधारमा घतानीलाई साउन २८ गते साँझदेखि २९ गतेसम्म इप्रकामा राखियो', प्रहरी निरीक्षक रूद्र चुडालले भने, 'जब ती दुई महिलाहरु अन्यत्र गएको टुङ्गो लाग्यो त्यसपछि भने घतानीलाई हामीले छाडेका हौं ।'
नयाँ परिवर्तन लगायत थुप्रै म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेका नायक घतानीले प्रेस विज्ञप्तिमा भनेका छन्, 'गाउँकै छिमेकीलाई सहयोग गर्दा २४ घण्टा प्रहरी नियन्त्रणमा परें, यस्तै सहयोग गर्दा १२ महिना जेल परे पनि म सधैं पछि पर्ने छैन । यथार्थको जित सधैं हुन्छ ।'

Comments
Post a Comment