पहिरो पीडितलाई सुरुङ्गा रेडक्रसको सहयोग

४ भदौ, सुरुङ्गा। सिन्धुपाल्चोकस्थित जुरेमा सुनकोशी नदी थुनिएर पहिरोले पीडित भएकाहरुलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाले आर्थिक सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सदस्य एवं उपशाखा सुरुङ्गाका सभापति श्यामकुमार पौडेलको नेतृत्वमा सुरुङ्गा बजार क्षेत्र भित्रका व्यपारी तथा व्यवसायीबाट २८ हजार ८ सय रुपैयाँ राहत संकलन गरी नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं झापा शाखा सभापति लोकराज ढकाललाई हस्तान्तरण गरिएको छ । राहत संकलन कार्यमा सुरुङ्गा रेडक्रस उप-सभापति लीलाप्रसाद चिमरिया, सचिव देवीप्रसाद बाँस्तोला, रेडक्रसकर्मी अग्नि भेटवाल, सुरुङ्गा सहकार्य युवा क्लबका अध्यक्ष राजकुमार कट्टेल लगायतको सहभागिता रहेको थियो ।

Comments