इटहरीकी निरा बनिन मिसेस तीज क्वीन

तेज बन विश्वासी, ७ भदौ, सुनसरी। सुनसरीको धरानमा सम्पन्न मिसेस डान्सिङ तीज क्वीन वर्ष २०७१ को उपाधी इटहरीकी निरा विश्वकर्माले जितेकी छिन् । धरान १५ स्थित सदन स्कुलको सभाहलभित्र सम्पन्न सो प्रतियोगितामा जम्मा १६ जना प्रतिष्पर्धीहरुलाई पछिपार्दै निराले मिसेस तीज क्वीन वर्ष२०७१ को ताज पहिरेकी हुन् । गरिमा डान्स सेन्टर धरानको आयोजनामा शनिबार राति सम्पन्न फाइनलमा इटहरीकी निरासँगै धरानकी मञ्जु राई दोश्रो र धरानकै शर्मिला मगर तेश्रो भए।
सुनसरी कृयाशील सञ्चारकर्मीहरुको उपस्थितिमा सम्पन्न प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने प्रतियोगी महिलाहरुलाई प्रमुख अतिथि कांग्रेस नेतृ मिना पुलामीले सम्मानका साथ पुरस्कार प्रदान गरेकी थिइन् ।

Comments