मूर्ति सेलाउन गएका २५ घाइते

नरेन्द्र बस्नेत, ३ भदौ, मोरङ । मूर्ति सेलाउन गएको ट्रयाक्टर आज दिउँसो रंगेली उर्लावारी सडक खण्ड अन्तर्गत पर्ने मोरङको डायनिया-८ मा दुर्घटना हुँदा ट्रयाक्टरमा सवार २५ जना घाइते भएका छन्। डायनिया-४ वाट वक्राहा खोलामा मूर्ति सेलाउन गएको को१ त ८९८४ नम्वरको ट्रयाक्टर अचानक सडकमा पल्टेर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको विराटनगरस्थित कोशी अचंल अस्पताल तथा नोवेल अस्पतालमा उपचार भइरहेको छ ।

Comments