दमक।
वडा प्रहरी कार्यालय बिराटनगरले इमेलबाट प्रहरीमा उजुरी हाल्न पाउने ब्यवस्था शुरु गरेको  छ । 
एक साता अघिबाट वडा प्रहरीले  इमेलबाटै नागरिकले उजुरी हाल्न पाउने ब्यवस्था गरेको हो । जोसुकैले घरमै बसेर न्याय माग्नका लागि  इमेलबाट उजुरी  गर्न सक्ने वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक गोविन्द  काफ्लेले बताए ।
 छरछिमेकमा अपराधिक क्रियाकलाप हुन लागेको थाहा पाएमा नागरिकले इमेल गरेमा तत्काल सम्बोधन गर्न प्रहरी सहायक निरीक्षक खटाइएको प्रमुख काफ्लेले बताए ।
 बिराटनगर क्षेत्र भन्दा बाहिरका घटनाका बिषयका इमेल आएमा सम्वन्धीत युनिटमा सम्पर्क गर्न मेलबाटै सल्लाह दिने प्रहरीले जनाएको छ ।  ecomplainwpobrt@nepalpolice.gov.np   मा उजुरी हाल्न सकिने वडा प्रहरी कार्यालयले जनाएको छ । 
Comments
Post a Comment