बाल्टीमा डुबेर एक नाबालिकाको मृत्यु

५ भदौ, उदयपुर। पानी भरिएको बाल्टीमा डुवेरह उदयपुरको कटारी नगरपालिकामा एक बालिकाको ज्यान गएको छ । घरमै खेल्दै गरेकी उनको आज बिहान पानी भरेर राखेको बाल्टीमा डुबेर मत्यु भएको हो । कटारी नगरपालिका ४ बस्ने शिव कुमार झाकी १३ महिनाकी छोरी मनिषा कुमारीको घरमै खेल्नेक्रममा पानी भरिएको बाल्टीमा डुबेर मृत्यु भएको परिवार स्रोतलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उदयपुरको बेलश्रोत घर भएका झाको सोही नगरपालिका ४ मा औषधी पसल रहेको छ । घरमै खेल्दै गरेकी उनका छोरी आज बिहान ४ बजे अचानक पानी भरिएको बाल्टीमा डुबेकी थिइन् । घटनासम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

Comments