स्थायी राहत कोषको स्थापना

४ भदौ, दमक । बाढी पहिरोका पिडीतहरुलाई राहत जुटाउन दमकमा स्थायी राहत कोष स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको आयोजनामा भएको बुधवार सम्पन्न विभिन्न क्षेत्रका सरोकारवालाहरुको भेलाले कोष स्थापना गरेको हो । रेडक्रसका सभापति लिला गुरागाईको संयोजकत्वमा १२ सदस्यीय कोष समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा दमक नगरपालिका, उद्योग वाणिज्य संघ, दमक जेसीज, लायन्स क्लव अफ माउण्ट एभरेष्ट, नेपाल- भारत मैत्री संघ रहेका छन् । त्यस्तै पत्रकार मञ्च दमक, रोटरी क्लव, औषधी ब्यवसायी संघ मेची, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमक, युनिक बचत तथा ऋण सहकारी संस्था र हिम शिखर टेलिभिजन दमक सहितको संस्थाहरु सदस्य रहेको रेडक्रस उपशाखाका कार्यालय प्रमुख लोकनाथ प्रसाईंले जानकारी दिए । एक सातासम्म राहत संकलन गरी पहिरो र बाढी पिडितलाई पठाउने समेत सहमति भएको समितिले जनाएको छ ।

Comments