प्रतिष्ठानको गौरादह शाखा गठन

७ भदौ, दमक। झापाको गौरादहमा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानले शाखा गठन गरेको छ । शुक्रवार गाविसमा सम्पन्न भेलाले डिल्लीराम काफ्लेको अध्यक्षतामा प्रतिष्ठानको गाउँ शाखा गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा दिनानाथ ढुङ्गाना, सचिवमा डण्डीराज घिमिरे, उपसचिवमा टेकबहादुर कार्की र कोषाध्यक्षमा टिकाप्रसाद श्रेष्ठ चयन भएका छन् । समितिको सदस्यहरुमा चन्द्रमणि गौतम, लक्ष्मीप्राद प्रसाईं, केशव ढुङ्गाना, पून्यप्रसाद सिग्देल र विनोद बस्नेत चयन भएका छन् । ज्येष्ठहरुको सामाजिक सुरक्षामा जोड दिने उद्देश्यले प्रतिष्ठानले विभिन्न कार्यहरु गर्दै आएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सिताराम खतिवडाले जानकरी दिए ।

Comments