२ भदौ, पथरी।
मोरङको पथरी बजार पूर्व बस स्टेण्ड उत्तरमा अवस्थित प्रिन्स होटल एण्ड लजबाट यौन कार्यमा संलग्न एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ।
अपैध यौन कार्य भइरहेको गोप्य सूचना आधारमा छापा मार्दा आइतबार ती जोडी पक्राउ परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रुद्रप्रसाद चुडालले बताए । प्रिन्स होटलमै केही हप्ताअघि पथरी बजारकै एक जोडीलाई रंगेहात पक्राउ गरी प्रहरीले केही दिन थुनेर पुनः त्यस्तो कार्य नगर्ने सर्तमा छाडेका थिए ।
यसभन्दा अघि पनि पथरीका होटलहरुबाट यौन जोडी पक्राउ परी कारबाहीमा परेका थिए । आइतबार पथरीका सबै होटल तथा लजहरुमा छापा मारे पनि प्रिन्समा मात्र जोडी पक्राउ परेको प्रहरी निरीक्षक चुँडालले बताए । 'एक पटकको लागि चेतावनी दिएर दुवै जनाको आफन्त बोलाएर हामीले जिम्मा लगाएका छौं' प्रनि चुडालले भने, 'अब फेरि पनि होटलहरुमा यस किसिमका कार्यले निरन्तरता पाए कडाभन्दा कडा कारवाही गरिनेछ ।'
प्रिन्स होटल एण्ड लज पथरीका प्रोपाइटर पृथ्वी आले मगर होटल व्यवसाय संघका अध्यक्ष तथा पथरीमा भर्खरै स्थापना भएको रेडियो सिम्रिक एफ.एम.को स्टेशन म्यानेजर पनि हुन् । प्रनि चुडालले आइन्दा दिनहरुमा प्रिन्स होटलमा यस्तो कार्य भए सञ्चालकलाई नै पक्रेर कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।
Comments
Post a Comment