संचारकर्मी प्रधान पुरस्कृत

नरेन्द्र बस्नेत, ९ भदौ, मोरङ । पिताम्वर/खिलेश्वरी स्मृति प्रतिष्ठान विराटनगरद्वारा स्थापित खिलेश्वरी पत्रकारिता पुरस्कारवाट इटहरीका संचारकर्मी याम प्रधानलाई आज विराटनगरमा पुरस्कृत गरियो । प्रधान विगत २० वर्षदेखि रासस जिल्ला समाचारदाताको रुपमा इटहरीमा कार्यरत छन् । प्रधानलाई नगद पाँच हजार रूपैयाँ एवं सम्मानपत्रद्वारा पुरस्कृत गर्दै समाजसेवी प्रा. डा. खगेन्द्र आचार्यले लोकतन्त्र स्थापनाका लागि पत्रकारको भूमिका महत्वपूर्ण रहेको वताए। पुरस्कृत संचारकर्मी याम प्रधानले पत्रकारिता पेशा लाभ र हानीले भन्दा समाजमा चेतना जागृत गराउने उद्देश्यले गर्नु पर्नेमा जोड दिए। प्रतिष्ठानका अध्यक्ष कोषराज रेग्मीको सभापतित्वमा भएको उक्त सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ्गका अध्यक्ष महेन्द्र विष्ट, पूर्व अध्यक्ष यज्ञ शर्मा, कविराज न्यौपानेले पत्रकारिता सत्य र तथ्यको आधारमा हुनुपर्ने वताए।

Comments