चार बर्षीया बालिका बलात्कार गर्ने पक्राउ

१० भदौ, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा नाबालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पथरीशनिश्चरे १४ की एक ४ वर्षिया नाबालिकालाई बलात्कार गर्ने स्थानीय १९ वर्षिय बिनोद आज विहान सवेरै सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनले सोमबार सांझ करिब ६ बजे नाबालिकालाई ललाईफकाई जबरजस्ती करणी गरेको भनी पिडित बालिकाले आफ्नी आमालाई जानकारी गराएका थिइन् । घटनासम्वन्धमा पिडित परिवारले राती १२ बजे अस्थायी प्रहरी कार्यालयमा जानकारी गराएको थियो । घटनासम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

Comments