सडेगलेको अवस्थामा शव फेला

४ भदौ, उदयपुर। खोलाले बगाएर वेपत्ता भएका एक व्यक्तिको शव सडेगलेको अवस्थामा फेला परेको छ । जिल्लाको रिस्कु गा.वि.स. ५ का ६५ बर्षीय मोहन बहादुर राईको शव आज विहान १० वजेतिर सडिगलेको अवस्थामा खोला किनारमा फेला परेको हो । गएको सोमबार रत्नपुर बजारबाट घरतर्फ आउँदै गरेका उनी देउरी खोला तर्नेक्रममा बगाई बेपत्ता भएका थिए । उनलाई खोजी गर्दै जाँदा खोला किनारमा मृतअवस्थामा फेला पारिएको उदयपुर प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी रिस्कुबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया पुरा गरी शवलाई आफन्तको जिम्मा लगाइएको प्रहरीको भनाई छ ।

Comments