दमक यूथ क्लव विधिवत दर्ता

८ भदौ, दमक । झापाको दमकमा लामो समयदेखि विभिन्न सामाजिक गतिविधि गर्दै आएको दमक यूथ क्लव विधिवत दर्ता गरिएको क्लवले जनाएको छ । क्लवले शनिबार पत्रकार सम्मेलन गरी संस्था दर्ता तथा भावी योजनाहरुका बारेमा जानकारी गराएको हो। दमकको वजार क्षेत्रमा लामो समयदेखि कृयाशील रहँदै आएको सो क्लले जिल्ला प्रशासन कार्यालय झापामा गएको जेठ २ गते नियमानुसार संस्था दर्ता गरिएको हो सम्मेलनमा जानकारी दिइयो । क्लवका अध्यक्ष संजीत रौनियरले युवा शक्ति खेलकुदका माध्यमबाट सामाजिक क्षेत्रमा काम गर्न सधैं लाग्नुपर्नेमा जोड दिए । यसैगरी, क्लवले नजिकिएको वडादशैंका अवसरमा वजारमा दुर्गा पूजासमेत सञ्चालन गर्ने तयारी अगाडी बढाएको अध्यक्ष रौनियरले जनाए । 'सामूहिक रुपमा दुर्गा पूजालाई भव्य रुपमा मनाउन काम थालेका छौं' अग्रवालले भने । कार्यक्रममा क्लवका सल्लाहकार पारस आचार्यले क्लवले सामाजिक हितमूलक कार्य गर्ने बताएका थिए । सो क्लवको संस्थापक अध्यक्षमा पवन कुमार अग्रवाल छन् । त्यस्तै नवगठित समितिको उपाध्यक्षमा अर्जुन आचार्य, सचिवमा करुण विक, सहसचिवमा राजीव जैसवाल र कोषाध्यक्षमा काजी लामगादे रहेको जनाइएको छ । एघार सदस्यीय कार्यसमितिको सदस्यहरुमा अन्जन श्रेष्ठ, राजु श्रेष्ठ, विकास जिन्दल, रेक्स श्रेष्ठ, प्रवीण जैसवाल र रोशन थापा रहेका छन् ।

Comments