पुल नबन्दा यात्रुहरु जोखिमपूर्ण यात्रा बाध्य (फोटो फिचर)


योगी योगेन्द्र, संखुवासभा । संखुवासभा जिल्लाको सदरमुकाम जोड्ने पिलुवाखोलाको पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि पुल बनिसकेको छैन । पाँच बर्ष अघिबाट बन्न सुरु भएको पुल अहिलेसम्म बनिनसक्दा संखुवासभाबासीहरुलाई धेरै समस्या पर्ने गरेको छ । हिउँदमा धनकुटाको हिलेबाट एउटै ट्याक्सी चढेर पिलुवा खोला तरेर तुम्लिङ्टार हुँदै खाँदबारी आउनेगरेका सर्वसाधारण आज भोलि अर्को ट्याक्सी फेर्न वाध्य छन् । बर्षा याममा पिलुवा खोला ठुलो हुने भएकोले हिलेबाट ट्याक्सी चढेर तुम्लिङ्टार हुँदै खाँदबारी आउँदा पिलुवा खोलामा ओर्लिएर खोलापारीबाट अर्को अर्को ट्याक्सी फेर्न वाध्य हुनुपर्दा यात्रुहरुलाई बढी समस्या हुने गरेको एक यात्रुले जानकारी दिए ।
वि.सं. २०६६ बाट पुल बन्न सुरु भएको पिलुवा खोलाको पुल बनिनसक्दा उपभोग्य सामानको मुल्य समेत अधिक हुने गरेको छ। तराईका शहर बजारहरूबाट सामान ल्याउँदा मुढे बजार, चैनपुर हुँदै खाँदबारी सामान ल्याउँदा ढुवानी भाडा बढि हुने भएकाले सामानको मुल्य बढेको हो । समयमा पुल नबन्दा सर्वसाधारण, व्यवसायी तथा यात्रुसमेत अप्ठ्यारोमा परेका छन् ।

Comments