घरेलु कामदारलाई हप्तामा एक दिन विदा


सिंगापुर सरकारले घरेलु कामदारका लागि हप्तामा एक दिन आरामका लागि विदा पाउने घोषणा गरेको छ । नयां नियम आगामी जनवरी २०१३ बाट सबै विदेशी घरेलु कामदारहरुमा लागु हुने बताइएको छ । सिंगापुरमा घरेलु कामदार पठाउने मुलुकका सरकार र विभिन्न अधिकारकर्मीहरुको एक दशक लामो अभियान पछि नयां नियम सार्वजनिक भएको हो । सिंगापुरमा भारत , श्रींलंका , फिलिपिन्स, इण्डोनेसियाका गरि करिब २ लाख घरेलु कामदार रहेका छन् । सिंगापुरमा सन् २००७ देखी १० सम्म लगातारको घरेलु कामबाट विदा नपाए पछि आत्महत्या गर्ने कामदारको संख्या बढेको थियो । हंगकंग भने यसअघि नै घरेलु कामदारहरुले हप्ताको एक दिने विदा पाउदै आएका छन् ।

Comments