सरस्वती माविका पूर्व विद्यार्थीद्वारा हाजिरी जवाफ

सरस्वती पूर्व विद्यार्थी समाज दमकले आज एक दिने अन्तर माध्यमिक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
झापाको दमक १४ स्थित सरस्वती उच्चमाध्यामिक विद्यालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दमक नगरपालिका भरिका १३ वटा सामुदायिक तथा निजी बिद्यालयहरुको सहभागिता रहेको थियो । नगर भरिका विद्यालयहरुका बीचको सम्वन्धलाई प्रगाढ बनाउने र विद्यार्थीहरुका प्रतिभालाई उजागर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन् । आज भएको प्रतियोगितामा सरस्वती उच्च मा.वि. ले ५५ अंकका साथ प्रथम, व्राइटर स्टार सेकेण्डरी स्कुलले ४५ अंक ल्याएर दोस्रो त्यसैगरि हिमालय उच्च माबि ले ४० अंक ल्याएर तृतिय स्थान प्राप्त गरेको थियो ।
त्यस्तै विद्यालक्ष्मी इङ्ग्लिस स्कुलले सान्त्वना स्थान प्राप्त गरेको थियो । विजयी हुने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्राचार्य दिलिप श्रेष्ठले पुस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा दमक स्रोत केन्द्रका प्रमुख कृष्ण भण्डारी र सहभागि विद्यालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रम समाजका अध्यक्ष योग राज नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

भूपाल


Comments