ट्वान्टी ट्वान्टी लिग क्रिकेट/ बर्षाका कारण स्थगित

दमकमा जारी अन्तरकलेज ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता वर्षाका कारण स्थगीत भएको छ ।
शुक्रबार हुने भनिएको गौरादह बहुमुखी क्याम्पस र मनकामना क्याम्पस विर्तामोड बिचको खेल बर्षाले पिच भिजेका कारण स्थगित भएको हो । स्थगित भएको खेल आगामी ९ गते हुने खेल संयोजक युवराज काफ्लेले जानकारी दिनुभयो । प्रतियोगिता अर्न्तगत भोलि २ खेलहरु हुँदैछन । भोलिको पहिलो खेल दमक बहुमुखी क्याम्पस ए र पथरी बहुमुखी क्याम्पसबीच विहान ७ वजेदेखि हुनेछ । त्यस्तै दोस्रो खेल कन्काइ क्याम्पस विर्तामोड र दमक बहुमुखी क्याम्पस वि विच अपरान्ह १२ बजेदेखि हुनेछ ।



भूपाल



Comments