सेरोफेरो

पत्रकार भन्दै प्रहरी धम्क्याउने पक्राउ
आफुलाई पत्रकार भन्दै मध्यरातमा प्रहरीलाई झुठो सूचना दिने एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । गलत सूचना दिएर प्रहरीलाई धम्क्याउने मेचीनगर-११ की लक्ष्मी मगरलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको हो । मगरले हिजो राति १० बजेतिर कार्यालयको डिउटी अधिकृतको टेलिफोनमा फोन गरेर प्रहरी सहायक निरीक्षक अम्बरबहादुर लिम्बुलाई गाली गरेकी थिइन् । उनले मेचीनगर १ को पालियापुलबाट उल्लेख्य परिमाणमा गाँजा तस्करी भइरहेको बताएपनि प्रहरी पुग्दा केही नभएको प्रहरीले जनाएको छ । मगरलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने भएको छ ।







मरेका कुखुरा बेच्ने व्यापारी

मासु बेच्ने तयारी गरिरहेको अवस्थामा तेह्रथुम म्याङ्लुङ्ग बजारबाट एक दर्जन बढी मरेका बोईलर कुखुरा बरामद गरिएको छ । स्थानीय प्रशासनको रोहबरमा मासु ब्यवसायी संघले मरेका कुखुरा बरामद गरी नष्ट गरेको हो । म्याङ्लुङ्ग बजारका मासु ब्यवसायी देव सहनीले मरेका बोईलर कुखुरा काटेर बोरामा लगाई पसलमा बेच्न ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको मासु ब्यवसायी संघ तेह्रथुमका अध्यक्ष भक्तबहादुर पन्धाकले बताउनुभयो । मासु बरामदपछि स्थानीय प्रशासन, जिल्ला पशु सेवा कार्यालय र मासु ब्यवसायी संघका पदाधिकारीको टोलीले सहनीको कुखुरा राख्ने कोठा अनुगमनका गर्दा मरेका कुखुरा भेटिएका थिए । बरामद गरिएका १२ वटा कुखुरा र कुखुराको मासु स्थानीय प्रशासन र जिल्ला पशुसेवा कार्यालय रोहवरमा जमिनमा गाडी नष्ट गरिएकोछ । सहनीलाई आगामी दिनमा मरेका कुखुराको मासु नबेच्ने सर्तमा छाडिएकोछ ।

युवा संघ गठन
एमाले निकट युवा संघ नेपाल मोरंग क्षेत्र नं २ को अध्यक्षमा नवीन पौड्याल चयन हुनुभएको छ । विहिबार सम्पन्न प्रथम क्षेत्रिय सम्मेलनले पौड्यालको अध्यक्षतामा २१ सदस्य कार्य समिति र्सवसम्मतिबाट चयन गरेको हो । समितिको उपाध्यक्षमा धनकुमार तामाङ, सचिब अजय पालुङ्ग, कोषाध्यक्ष भुवनसिंह तामाङ रहनु भएको छ । त्यस्तै सदस्यहरुमा भुपेष संगौला, रमेश पाण्डे, बिजय राई आदि रहनुभएको छ । नव गठित कार्य समितिका पदाधिकारीलाई संघका जिल्ला अध्यक्ष रविन थापाले सपथ खुवाउनु भएको थियो ।




चामल बरामद
बिराटनगर ४ पोखरीयामा अबैध रुपमा भारतबाट नेपाल भित्र्याइएको एक ट्रक चामल प्रहरीले बरामद गरेको छ । जोगबनीबाट भन्सार छलेर राजधानीतर्फ लैजाने क्रममा चामल बरामद गरिएको प्रहरीले जनाएको छ । मध्यान्ह बाटोमा गाडी भासिएपछि गाडी निकाल्ने क्रममा अबैध चामल रहेको रहस्य खुलेको प्रहरीले जनाएको छ । स्थानीय जनताको सहयोगमा चामल बरामद गरिएको प्रहरीले बताएको छ । ट्रक र चामललाई भन्सार कार्यालयमा बुझाउने तयारी भएको छ ।


कारबाहीको माग गर्दै धर्ना

सुगम ग्याँसका संचालक शिव प्रसाद घिमिरेलाई कारबाहीको माग गर्दै इटहरीस्थित घरेलु तथा साना उद्योग कार्यालयमा बिभिन्न उपभोक्ताबादी संघ संस्थाहरुले धर्ना दिएका छन् । कारबाहीको माग गर्दै उजुरी गरेको एक साता बित्दा पनि कारबाही प्रकृया अघि नबढेकोले पब्लिक फोरम बिराटनगरको अगुवाईमा धर्ना दिएको उपभोक्ताहरुले बताएका छन् । सुगम ग्याँसका संचालक शिव प्रसाद घिमिरेले अन्य कम्पनीका सिलिन्डरको फुटरिङ परिवर्तन गरि आफ्नो उत्पादन भनी बिक्री गरिरहेको आरोप छ । करिब डेढ साताअघि सुनसरी प्रशासनको अगुवाईमा सुगम ग्याँस उद्योगमा छापा मार्दा १५हजार बढी अन्य कम्पनीका सिलिण्डर फेला परेको थियो ।


दुर्घटनामा २० घाईते
पूर्व पश्चिम राजमार्ग अर्न्तगत सुनसरीको हरीपुरमा मध्यान्ह भएको सडक दुर्घटनामा २० जना घाईते भएका छन् । सिराहावाट विराटनगर आउँदै गरेको ना ३ ख २४७६ नम्वरको यात्रुवाहक वस व्रेक फेल भएर सडकमा पल्टिएको सुनसरी प्रहरीले जनाएको छ । घाईतेहरुको जिल्ला अस्पताल इनरुवा र न्युरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।


झुण्डिएर मृत्यु

तोपगाछी–३ बस्ने पुष्प थापाको ४० बर्षीया श्रीमती राधा थापाको भएको छ । उनलाई जेठ ५ गते साँझ घरको कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




Comments