२ मिटर अग्लो फूल हेर्न घुइचो


स्विजरल्याण्डको उत्तरी शहर बसेलमा कप्र्स फूल हेर्न आउनेको भीड बढेको छ । अमोर्फोफेलस टिटानस बैज्ञानिक नामको उक्त फूलबाट सुगन्धित वास्ना भने आउदैन । बरु नजिकै गयो भने रुमालले नाक छोप्नु पर्ने हुन्छ । बसेल बोटानिकल गार्डेनमा रहेको उक्त विरुवा १७ वर्षमा पहिलो पटक फुलेपछि हेर्न आउने सर्वसाधरणको संख्या हृवात्तै बढेको हो । २ मिटर अग्लो फूल देखेपछि छक्क परेका उपस्थित आगन्तुकहरुले दृश्यलाई आफ्नो क्यामेरा तथा मोबाइलमा समेत कैद गरेका छन् ।



झण्डै एक हप्तापछि फूल ओइलने गार्डेन संचालकले बताएका छन् । फूल फक्रिएको यस अवधिमा दैनिक १० हजार आगन्तुकहरु दृश्यावलोकनका लागि आउने आशा गरिएको छ । विश्वभर कृतिम तरिकाबाट यस्ता १३४ फूलहरु फूलाइएको एपी न्यूजले जनाएको छ ।

गत मार्चमा उमि्रएको विरुवा एकाएक ६ सेन्टिमिटरका दरले बढ्न थालेपछि अजङ्गको रुप लिन पुगेको हो । यसको माउविरुवा फ्रान्कफुर्ट पाम गार्डेनमा सन १९९२ मा फुलेको थियो । इन्डोनेसियाको उष्ण प्रदेशमा पाइने यस किसिमको विरुवालाई आद्र हावापानी आवश्यक पर्दछ भने जंगलमा समेत बिरलै फुल्ने गर्दछ । चिनी र डढाइएको मासुजस्तो गन्ध आउने यो फूल किराहरुलाई पोलिनाइजेसन -विरुवाको प्रजनन) का लागि आकषिर्त गर्न राखिएको हो ।

Comments