भुटानी राजालाई दश शरणार्थी नेताको चिठी

भुटानको १०३ औं राष्टि्रय दिवसका अवसरमा दश जना भुटानी अगुवाहरुले हस्ताक्षर गरि भुटानका राजालाई एक पत्र पठाएका छन् । पत्रमा तीर्थयात्राका क्रममा नेपालमा भएको हवाइ दुर्घटनामा मारिएका १८ जना भुटानी नागरिकहरुप्रति समवेदना प्रकट गर्दै राष्ट्रप्रति सम्मान व्यक्त गरिएको छ ।
थिन्ले पेन्जोर, डा. भम्पा रा, डीपी काफ्ले, डीवीआर साङपाङ, कर्मा वाङमो, रिन्जिन दोर्जी, ललित प्रधान, देक याङजेम, भगीरथ सिवाकोटी र लामा जिग्मे जाम्चोले हस्ताक्षर गर्नु भएको सो पत्रमा "हाम्रो मातृभुमि भुटान जिन्दाबाद" भन्दै चार बुँदे माग समेत प्रस्तुत गरिएको छ । पत्रमा अरु के के छ, हेर्न तल जानुहोला ।

Comments