थाई अधिराजकुमारीको लडेर खुट्टा भाँचियो

थाइल्यान्डकी अधिराजकुमारी चुलाबर्नको विश्वविद्यालयमा पढाउन जानेक्रममा आज एक्कासी लडेर खुट्टा भाँचिएको समाचार छ ।
थाई राजा भूमिबोलकी कान्छी छोरी चुलबर्न उनले पढाउने विश्वविद्यालायमा कक्षा लिनका लागि आज जाने क्रममा बाटोमै लडेर देब्रे खुट्टा भाँचिएको थाई राजदरबारले जनाएको छ ।
५३ वर्षीया अधिराजकुमारीले थाई सरकारद्वारा सञ्चालित विश्वविद्यालय कासेर्टार्समा लेक्चररका रूपमा काम गरिरहेकी छिन् ।
उनको बैंककको चुलान्कोर्न अस्पतालमा उपचार भइरहेको र हाल त्यस्तो कुनै पनि जटिल समस्या नदेखिएको सो दरबारद्वारा आज जारी वक्तव्यमा जनाइएको छ ।
समाचारमा थाइल्यान्डका राजा भूमीबोल अद्युल्यादेज पनि स्वासप्रस्वाससम्बन्धी समस्याका कारण विगत दुइ वर्षदेखि अस्पतालमै रहेर उपचार गराइरहेका छन् ।




अधिराजकुमारी चुलाबोर्न केमेस्ट्री विषयमा विद्यावारिधी हुन् । उनी अमेरिका, जर्मनी, जापानलगायतका देशहरूमा सो विषयको भिजिटीङ् प्रोफेसरका रूपमा कार्य गर्दै आएकी छिन्।

Comments