कुटेर श्रीमतीको हत्या

झापा शनिश्चरे-९ का एक व्यक्तिले कुटेर पत्नीको हत्या गरेका छन् । आइतबार अपरान्ह स्थानीय पूर्ण कुमार उराउले पत्नी लखीमनि उराउको हत्या गरेका हुन् ।
आइतबार बजार भर्न गएका उराउ दम्पतिबीच बजारदेखि नै विवाद शुरु भएको थियो । बजारदेखि नै कुटपिट गर्दै घरतर्फ ल्याएका पूर्णकुमारले पत्नीलाई घरमासमेत थप कुटपिट गर्दा उनको मृत्यु भएको हो ।


घटनापछि हत्यारा पूर्ण कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Comments