मिनी म्याराथन सम्पन्न

शान्ति, एकता र मित्रताको नारासहित आज झापाको दमकमा मिनि म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रख्यात क्लब बार्सिलोनाको सहयोगमा क्यारितास नेपणलले आयोजना गरेको प्रतियोगीतामा पुरुषतर्फ लक्ष्मण मल्ल र महिलातर्फ सुष्मा राई बिजेता भएका छन् । उनीहरुले जनही २०/२० हजार रुपैयाँ जितेका छन् ।




पुरुष तर्फको कुल १० किलोमिटरको दुरी मल्लले ३४ मिनेट २० सेकेण्डमा पार गरेका थिए । त्यस्तै राईले कुल ६ किलोमिटरको दुरी ३० मिनेट १४ सेकेण्डमा पार गरेकी थिइन् ।
पुरुषतर्फ लालबहादुर थापा द्वितीय, होमलाल श्रेष्ठ तृतीय भएका थिए । उनीहरुले सो दुरी क्रमशः ३४ मिनेट ३४ सेकेण्ड, ३४मिनेट ५० सकेण्डमा पार गरेका थिए । अघिल्ला २ बर्षमा प्रथम बिजेता भुमिराज राईले भने यस बर्ष चौथो स्थानमा चित्त बुझाएका छन् । उनले सो दुरी ३५ मिनेट ०८ सकेण्डमा पार गरेका थिए ।

महिलातर्फ मिरा राई र सुसिला श्रेष्ठ क्रमशः द्वितीय र तृतिय भएका थिए । उनीहरुले क्रमश ३२ मिनेट एक सेकेण्ड र ३२ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरेका थिए । त्यस्तै प्रतियोगीतामा द्वितीय र तृतीय हुनेले १५ र १० हजार रुपैयाँ जितेका छन ।
प्रतियोगीतामा पुरुषतर्फ १हजार ९ सय ५० र महिला तर्फ ३ सय २९ जनाले भाग लिएका थिए ।
समापन समारोहमा झापाका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले खेलकुदको बिकासका लागि राज्य गम्भीर हुनुपर्ने बताए ।
बिगत ३ बर्षदेखि शरणार्थी समुदायका काम गर्दै आएको क्यारितासले दौड प्रतियोगीताको आयोजना गर्दै आएको छ ।
थप फोटोहरू हेर्न यहाँ क्लिक गर्नुहोस् ।


युवराज

Comments