के भन्छ यो मुस्कान ?


तिमीलाई था' छ यो मुस्कानले के भन्छ ?
दाताहरुलाई छिट्टै सहयोगी हात ले भन्छ ।
सुन कलिला ओठले तो जे भन्छ,
मलाई अमेरिका जाने मौका दे भन्छ ।
यति सुन्दर भविष्य चाँडो गर है भन्छ,
उडाइ हाल आजै नकटा यो 'मे' भन्छ ।
बच्चो हाँसेर हतार भा'छ रे भन्छ,
पर्खाइ गार्हो - थाहा छैन कसले के भन्छ,
यस्तो सवैलाई शरणार्थीको गति रे भन्छ ।
सवैको यस्तै गति भा'छ रे भन्छ ।


(मेरी प्यारी नीतिलाई) 

कमल

Comments