झापा छोटकरी समाचार

काठ समाउँदै युथ फोर्स
एमाले निकट युथ फोर्सले झापाको दमक १३ बाट शनिवार अवैध काठ बरामद गरेको छ । 
 सुराकीको आधारमा बेलडाँगी रेन्ज पोष्टका कर्मचारी र युथ फोर्सका कार्यकर्ताले काठ नियन्त्रणमा लिएका छन् । 
 त्यहाँ एउटा ट्याक्टरमा लुकाई राखिएको अवस्थामा सात टुना काठ बरामद भएको हो । 
ट्याक्टर भने दमकका देउमान सुब्बाको भएको रेन्ज पोष्टले जनाएको छ । 
 तीन दिन अघिपनि दमक प्रहरीले ठूलो परिमाणमा काठ बरामद गरेको थियो । यसैबीच प्रहरीले पक्राउ गर्ने काठ छाड्न राजनीतिक दलबाट दबाव आउन थालेको प्रहरी स्रोतले बताएको छ । 

शरणार्थी मुद्धा सार्कमा उठाउन आग्रह
भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले र्सार्कमा सम्मेलनमा शरणार्थी समस्याको विषयमा छलफल चलाई समाधानको बाटो खोजिनु पर्ने माग अघि सारेको छ । 
 संगठनका अध्यक्ष डा भम्पा र्राईले आज प्रेस विज्ञप्ती प्रकासित गरि शरणार्थी समस्या समाधानका लागि उपाय खोज्न सम्मेलनमा छलफल चलाइनु पर्ने जनाएका छन् । 
 विज्ञप्तीमा भुटानले आफ्ना नागरिकहरुको चल अचल संम्पती जफत गरि जिउ ज्यानको असुरक्षा र अमानविय व्यवाहार गरेकोले हज्जारौं नागरिक शरणार्थी बन्न बाध्य भएको उल्लेख छ । 

प्रहरीलाई कालो मोसो
झापाको महाभारामा कार्यरत एक प्रहरीलाई स्थानियबासीले कालोमोसो दली गाउँ घुमाएका छन् । 
महाभारा प्रहरी चौकीमा कार्यरत गोकुल रानालाई स्थानियबासीहरुले पक्राउपरेका युवालाई छोडेको भन्दै गाउँ घुमाएका थिए । 
गाउँका ६ जना फटाहा युवालाई स्थानियबासीहरुले पक्रिएर शुक्रबार प्रहरी चौकी पुर्याएको भोलिपल्ट शनिबार उनीहरुलाई छोडेको बिरोधमा प्रहरी चौकी घेरा हालि कालोमोसो दलेका थिए ।
घटनाको विरोधमा आज दुधे महाभारा कु्न्जीवारी सडकमा यातायात सेवा बन्द छ । 

Comments