पोखरामा IT मेला

गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्सले पोखरामा आजदेखि तीन दिनसम्म दोश्रो सूचना तथा सञ्चार प्रविधि र कम्प्युटर सफ्टवेयरसम्बन्धी जिसीइएस आइटी महोत्सवको आयोजना गर्ने भएको छ ।

नेपाल सुहाउँदो सूचना तथा सञ्चार प्रविधि, कम्प्युटर सफ्टवेयर प्रविधि र यसले नयाँ नेपाल निर्माणमा खेल्नसक्ने भूमिकाका बारेमा व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणमा सचेतना अभिवृद्धि गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको छ ।

नेपालका दुर्गम गाउँहरूलाई विश्वव्यापी सूचना सञ्जालमा जोड्नका लागि उपयुक्त हुने वायरलेस नेटवर्किङका बारेमा जानकारी दिने र विद्यार्थीले विकास गरेका सफ्टवेयर प्रणाली, सफ्टवेयर वृत्तचित्र, चेतनामूलक कार्यक्रम, आइसीटी खेल तथा हाजिरीजवाफ प्रतियोगिता, प्रवचन कार्यक्रम र आइसीटी व्यावसायिक संस्थाहरूका स्टलसमेत महोत्सवमा रहनेछन् ।

कुनै प्रकारको कच्चापदार्थ आयात गर्ननपर्ने र भौगोलिक कठिनाइ पनि नहुने सो उद्योगलाई आवश्यक पर्ने सफ्टवेयरको विकास, विस्तार र सुधार कार्य देशभित्रै गर्नसकिने र यसले रोजगारी सृजना गर्नसमेत सघाउ पुर्‍याउने विश्वास गरिएको छ ।

Comments