भाइरस किलर्स कार्यकर्ताको गोली हानी हत्या

मधेसी भाईरस किलर्स पार्टी कार्यकर्ता ०६५ साउन ११ गते त्रिकोल गाविसमा हतियारधारीद्वारा गोली हानी हत्या गरेको अवस्थामा फेला परेका छन् ।

 सप्तरीकै मधवापुर-७ निवासी भाईरस कार्यकर्ता ३० वर्षीय सुरेश रामलाई त्रिकोल र गोईठीको सीमामा पर्ने त्रिकौल गाविस-६ स्थित बुधेवा खोलामा हतियारधारीले गोली हानी हत्या गरेका हुन् । उनको टाउको र छातीमा गोली लागेको प्रहरीले जनाएको छ । रामलाई तीन दिनअघि हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

 घटनाका सम्बन्धमा रामका भाइ शत्रुघन रामले प्रहरीलाई खबर गरेपछि उनको लाश गएराति गोली हानेर हत्या गरेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका निरिक्षक राजेन्द्र पराजुलीले बताए । 

 उनको लाश पोष्टमार्टमका लागि राजविराज पठाएको पराजुलीले जानकारी गराए ।

Comments