दुई दिनमा पाँच राउटेको मृत्यु

दैलेखमा गर्मीसगै राउटे बस्तीमा झाडापखाला फैलिएपछि तिन जना राउटेको मृत्यु भएको छ ।
कालिकोट र दैलेख जिल्लाको सिमावर्ती क्षेत्रमा पर्ने भत्रा लेकमा बसोवास गरीरहेका राउटेहरु मध्य झाडापखाला बाट मृत्यु हुने हरुमा १० बर्षे बालक डव्बल बहादुर शाही कल्याल, २३ बर्षे कल्धरी शाही कल्याल र ३१ बर्षे मन्सरा शाही सम्हाल जातीका राउटेको मृत्यु भएको हो ।
फिरन्ते र लोपउन्मुख जातीको रुपमा रहेका राउटेहरु बसोबास गरेको स्थानमा कुनै किसीमको स्वास्थ्य सुबिधान पुग्न सकेको छैन । दुर्गम र विकट स्थान भएका कारण थप अरु राउटेहरुको मृत्यु बढ्न सक्ने संभावना रहेको राउटे संम्बद्ध काम गर्दै आएका भक्त बहादुर शाहिले जानकारी दिएका छन् ।
दुईदिन अघिमात्र जंगलमा बादरको शिकार खेल्न गएको बेला भिरबाट चिप्लेर ३० बर्षे सुरेन्द्र बहादुर शाही र २५ बर्षे रैन बहादुर शाहीको मृत्यु भएको थियो भने झाडापखलाबाट पुन तिन जनाको मृत्यु भएपछी हाल राउटेको संख्या १ सय ८० मात्र रहेको छ । थप स्वाश्थ्य सुरक्षा र उचित आहार विहारको प्रवन्ध नगरेको खण्डमा लोपउन्मुख जातिको रुपमा रहेको राउटेको अस्तित्वनै खतरामा पर्ने संभावना वढीरहेको पनी शाहीले बताए ।

Comments