रअ को हस्तक्षेपपछि माओवादीमा मच्चियो बवण्डर ९-साउन-२०६५,बिहिवार रोडम्याप संवाददाता माओवादी केन्द्रीय सदस्य को कुन गुटमा? प्रचण्ड–बाबुर

माओवादी केन्द्रीय सदस्य को कुन गुटमा? 
प्रचण्ड–बाबुराम गुट किरण–वादल गुट  
पुष्पकमल दाहाल 'प्रचण्ड' मोहन वैद्य 'किरण' 
बाबुराम भट्टराई 'लालध्वज' रामबहादुर थापा 'वादल' 
बर्षमान पुन 'अनन्त' सीपी गजुरेल 'गौरव' 
नन्दकिशोर पुन 'पासाङ' पम्फा भुषाल 'विद्युत'  
हिसिला यमी 'पार्वती' नेत्रविक्रम चन्द 'विप्लव' 

काठमाडौं। नेकपा (माओवादी) भारतीय गुप्तचर संस्था 'रअ'को नियन्त्रणमा पुगेपछि त्यस पार्टीभित्र लामो समयदेखि चल्दै आएको दुई लाइन संघर्ष तीब्र बन्दै गएको छ। पार्टी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता बाबुराम भट्टराईले 'रअ' को निर्देशनमा अन्तिम चरणमा पुगिसकेको वाम सहकार्य भाँडेपछि दुई लाइन संघर्ष थप तीब्र बन्न लागेको हो। संस्थापन पक्षले किरण–बादल गुट नै एमाले–माओवादी सहकार्यको बाधक भनी कूप्रचार गर्दै आएकोमा किरणले उक्त कूप्रचारको आफू निकट पत्रिका जनदिशालाई अन्तर्वार्ता दिँदै खण्डन गरेपछि दुई लाइन संघर्ष तीब्र बन्न लागेको थप रहस्योद्घाटन भएको छ। उनले भनेका छन्–“मैले सहमति तोडाउन भूमिका खेलें भन्ने कुरा विल्कुलै झुटा प्रचार हो। व्यक्तिगत रुपमा मेरो विचार भन्नुहुन्छ भने एमालेसँग जसरी भए पनि सहमति गरेर जानुपर्छ भनेर मैले अन्तिम अवस्थासम्म अडान राखेको थिएँ जुन कुरा पार्टी पंक्तिभित्र पनि प्रष्ट छ। त्यसैले वाम सहकार्य विरोधी भन्ने कुप्रचारले मेरो चरित्रहत्या गरेको छ।” किरणले प्रचण्ड र डा. बाबुराम भट्टराई भारतीय गुप्तचर संस्था 'रअ'को प्रभावमा परेर एमालेसँगको सहकार्य तोडेको संकेत गर्दै भनेका छन्– 'निश्चित रुपमा विदेशी चलखेल तिव्र भएको हो। साम्राज्यवादी र विस्तारवादी शक्तिहरुको नियोजित योजनाकै कारण यस्तो स्थिति सृजना भएको हो।' 
 
बुधबार मध्यरातमा 'रअ'का नेपाल प्रमुख आलोक जोशीले दिएको गोप्य सल्लाहअनुसार एमालेसँगको सहकार्य तोडिएको रहस्य किरणको यो अभिव्यक्तिले पनि पुष्टी गरिसकेको छ। उक्त रहस्य क्रमशः सार्वजनिक हुँदै गएपछि जनयुद्धको सफलतासँगै संसदवादी दलहरुलाईसमेत आफ्नो एजेण्डामा ल्याएर संघीय लोकतान्त्रिक गणतन्त्रसम्म मुलुकलाई पुर्‍याएको दाबी गर्दै आएको माओवादी नराम्ररी नांगिएको छ। वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिहरुमात्रै होइन 'रअ' कै इशारामा नाच्दा आफ्नो उपयोगतावादी र धोकाधडीको राजनीति जनतासामु नराम्ररी नांगिएपछि माओवादी अहिले विक्षिप्त बन्दै सरकार नबनाउने धम्की दिन थालेको छ। बाबुरामको प्रभावमा अन्तिम क्षणमा गलत निर्णय गरेकोमा प्रचण्डले भूलप्रति आत्मालोचित हुँदै अहिले त्यस निर्णयकै प्रतिरक्षामा बढी शब्द खर्चिरहेका छन्। उल्टै आफ्नो पार्टी माधव नेपाललाई राष्ट्रपति स्वीकार गर्ने तहमा पुगे पनि  
एमालेले गृह, अर्थ र रक्षा मन्त्रालयको पनि माग गरेपछि सहमतिमा पुग्न नसकेको नक्कली तर्क ओकल्दै आफ्नो बचाव गरिरहेका छन्। 
प्रचण्ड र बाबुरामका कारण मुलुकको राजनीति फेरि संसदीय फोहरी खेलतिर धकेलिएको, अस्थिरताका कारण आगामी दिनमा भारतले अरु बढी चलखेल गर्ने सम्भावना बढेको, विकल्पमा रहेको जनबिद्रोहको कार्यनीति पनि धरापमा पर्ने सम्भावनाका कारण किरण–बादल समूह पार्टीलाई बचाएर लैजानुपर्ने निष्कर्षमा पुग्ोको स्रोतले बताएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकले पार्टी 'रअ'को प्रभावमा परेको बारे प्रचण्ड र बाबुरामको कडा आलोचना गरेको थियो तर सो बैठकमा बाबुराम रातो मुख लगाएर नाजवाफ भएको बुझिएको छ। किरण समूहको प्रभावकै कारण माओवादीले पार्टी सरकारमा नजाने निर्णय गरेको बुझिएको छ। बाबुरामको लाइन 'रअ' सामू लम्पसार परेकै कारण अब उनको विगतदेखिको भूमिकाका बारेमा गम्भीर समीक्षा हुन लागेको बताइएको छ। १२ बुँदे समझदारीयता प्रचण्डपथका बिचारका रुपमा देखिएका बाबुराम यो घटनासँगै कमजोर अवस्थामा पुगेपछि दुईलाइन संघर्ष अरु तीब्र बन्दै जाने माओवादी निकट बिश्लेषकहरु बताउँछन्। अहिले ३५ सदस्यीय माओवादी केन्द्रीय समितिमा किरण–वादल समूहको बलियो पकड देखिएको छ। प्रभावशाली नेताहरुसहित किरण समूहको पक्षमा २१ सदस्य रहेका छन् भने संस्थापन पक्षमा १४ सदस्य रहेका छन्। यद्यपि माओवादीनिकट स्रोतका अनुसार किरण समूहमा रहेका पाँच सदस्य तटस्थ जस्तो देखिएका छन्। पार्टी प्रवक्ता कृष्णबहादुर महरा, देव गुरुङ, जनार्दन शर्मा 'प्रभाकर', मातृका यादव, खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' लगायतका नेताहरु तटस्थ रहेको स्रोतले जनाएको छ। तटस्थ रहेका यी पाँच केन्द्रीय सदस्यहरु संविधानसभा निर्वाचनअघिसम्म प्रचण्ड–बाबुराम निकट मानिन्थे। प्रचण्ड–बाबुरामको लाइन नराम्ररी नांगिएपछि अब माओवादीभित्र बिस्तारै किरण लाइन हावी हुने निश्चित जस्तै छ। किरण–बादल लाइन बिद्रोहमा जानुपर्ने पक्षमा रहेको छ।  
२०६१ साल भदौमा रोल्पाको चुनवाङ बैठकमा भट्टराईको लोकतान्त्रिक गणतन्त्रका लागि संसदवादी दलहरुसँगको सहकार्यको लाइनअनुसार अहिलेसम्म माओवादी चल्दै आएको थियो तर उनी भारतीय गुप्तचर संस्था 'रअ'को निर्देशन अनुसार चल्दै आएको र आगामी दिनमा माओवादीलाई मात्रै होइन सिंगो मुलुकको अस्तित्वसमेत खतरामा पुग्ने रहस्य सार्वजनिक भएपछि किरण–वादल समूह पार्टी कब्जा गनर्ुुपर्ने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ। अन्तिम अवस्थामा एमालेसँगको सम्भावित सहकार्य भाँडिएपछि किरण निकट प्रभावशाली नेता विप्लवले देशी–विदेशी प्रतिक्रियावादी र विस्तारवादी दलालको चलखेलका कारण एकता भाँडिएको बताएका छन्। वीरगञ्जमा आयोजित कार्यक्रममा संस्थापन पक्षले नियोजित आक्रमण गरेपछि विप्लवले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्। अखिल नेपाल ट्रेड युनियन महासंघ भोजपुरा उपराज्य समितिको प्रशिक्षण कार्यक्रममा किरण पक्षधर विप्लवलाई संस्थापन पक्षीय मधेशी नेता प्रभु साहको निर्देशन र क्षेत्रबहादुर श्रेष्ठ अनिलको योजनामा आक्रमण भएको रहस्योद्घाटन भइसकेको छ। स्थानीय वाइसीएलको अराजक समूहले उनीमाथि आक्रमण गरेको थियो। प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पत्रकार वीरेन्द्र शाहको हत्यामा समेत संलग्न अनिलमाथि प्रचण्डले नै कारबाही नगरी बचाएको बुझिएको छ।  

(रोडम्याप)

Comments