माओवादीले गरेको जग्गा कब्जाको विभिन्न क्षेत्रबाट विरोध

झापाको क्षेत्र नम्बर ६ आसपासका जग्गाहरु नेकपा माओवादीले कब्जा गरिएको भन्दै त्यस क्षेत्रका विभिन्न संघ/संस्था, नागरिक समाज, राजनीतिक दलहरुले बिरोध जनाएका छन् ।

गौरादह र तोपगाछीका स्थानियबासीहरुको जग्गा कब्जा गरी माओबादीले आम नागरिकको मानवअधिकारको हनन गरेको बिरोधमा सरोकारबालाहरुले माओबादीले सम्पूर्ण सम्झौताहरुको खिल्ली उडाएको बिहीबार प्रकाशित बिज्ञप्तीमा उल्लेख गरिएको छ । अगाडि भनिएको छ -कानुनी राज्यको मान्यता बिरुद्ध गरिएको गैह्र राजनीतिक गतिबिधिले माओबादी भित्र अराजक शैलि अझ हावि रहेको भन्दै कानुनी राज्यको अबधारणा अनुरुप चल्न आग्रह गरिएको छ ।

माओवादीले यस भेगका नागरिकको जग्गा फिर्ता दिई आफ्नो इमान्दारीता पनि देदाउन भनिएको छ । १० जना बासिन्दाहरुको जग्गा माओवादीले कब्जा गरिएको भनिएको छ । जग्गा कब्जा हुनेहरुमा गौरादह ३ का रत्नबहादुर श्रेष्ठ, सोही ठाउँका मित्रराज पाण्डे,भिमराज पाण्डे, प्रहलाद पाण्डे, तोपगाछी २ का प्रमकुमार भण्डारी, सोही ठाउँका मानबहादुर भट्टराइ गौरादह ३ का सियाराम राजबंशी गौरादह ४ का बलभद्र पौडेल र तोपगाछी १ का गणेश बस्नेत रहेका छन् । त्यसै गरी गौरादह ३ का चन्द्र सुब्बाले भाडामा संचालन गरेको स-मिल राजनीतिक पुवार्मग्रहका कारण कब्जा गरिएको उल्लेख छ ।

असार ३० गते बसेको सर्बदलिय बैठकले कब्जा गरिएको जग्गा तुरुन्त फिर्ता गर्न माओबादी पक्षसंग जोडदार माग गरिएको छ । देशको संक्रमणकालको फाइदा उठाइ तानासाही प्रबृति अझ हावि रहेको बताएका छन् । राजतन्त्रको तानाशाही प्रबृतिको अन्त्य गरी शान्तीको स्वच्छ स्वास फेर्न इच्छुक त्यस क्षेत्रका बासिन्दाहरु पुन सोही प्रबृतिको जातोमा पिसिन बाध्य बनाइएको बिज्ञप्तीमा भनिएको छ ।

बिज्ञप्तिमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति पुन्य सिग्देल, एमालेका यादब अधिकारी, राप्रपाका मोहन सुब्बा, लिम्बुवान परिषदका चन्द्र नेम्बाङ, जनमुक्ति पार्टीका नरकुमारी लिम्बू, उद्योग बाणिज्य संघका अमृत कटुवाल, शिक्षक यूनियनका बुद्धीमान कार्की ,मानवअधिकारवादी, लक्ष्मी भण्डारी लगायत छन् । उनीहरुले कब्जा गरिएको सम्पती फिर्ता नगरे कडा आन्दोलनको नेतृत्व गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Comments