सहमतिपछि मेची राजमार्ग खुला

प्रहरी, प्रशासन र व्यवसायीहरूबीच एक साता भित्रमा समस्या समाधान गर्ने सहमतिपछि ०६५ साउन १२ गते विहानदेखि मेची राजमार्गमा यातायात सूचारु भएको छ । 

 ०६५ साउन ११ गते राति सम्पन्न छलफलमा इलाम नगरपालिकाले उठाउँदै आएको कर र ०६५ साउन १० गते तोडफोड गरिएका क्षतिपूर्तिका बारेमा एक हप्ता भित्रमा निष्कर्षा पुग्ने सहमति पछि यातायात सूचारु भएको हो ।

व्यवसायीहरूको मागप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको र सम्बन्धित पक्षहरूसँग चाँडै पहल गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेले जानकारी दिए । बन्द खुलेपछि इलाम लगायत पर्ूवको जनजीवन सामान्य बन्दै गएको छ ।विभिन्न तीन सूत्रीय माग राख्दै पूर्वेली ट्याक्सी व्यवसायी संघले तीन दिनदेखि मेची राजमार्गमा चक्काजाम गरेको थियो । 

 
 
 

Comments