आज खण्डग्रास सूर्य ग्रहण





आज खण्डग्रास सूर्य ग्रहण लाग्ने छ । वेलुकी ४ वजेर २२ मिनेट देखि ६ वजेर १३ मिनेट जादा सम्म अर्थात १ घण्टा ५१ मिनेट सम्म खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ । सूर्य पंचाङ्ग अनुसार, वेलुकी ४ बजेर २२ मिनेटमा सूर्यको पश्चिम उत्तर भागबाट ग्रहणले स्पर्षगर्दै दक्षिण पूर्वबाट ६ बजेर १३ मिनेटमा छोड्ने छ । आज लाग्ने सूर्य ग्रहण तिष्य नक्षत्र कर्कट राशिमा लाग्नेछ । यो बर्षा लागेको खण्डग्रास सूर्य ग्रहण, पहिलो हो । यसको १५ दिन लगत्तै साउन ३२ गते चन्द्र ग्रहण लाग्ने छ । आज लाग्ने सूर्य ग्रहण नेपाल अधिराज्यको कुनै पनि कुनाबाट देख्न सकिने छ । सूर्य ग्रहणलाई नांगो आखाले हेर्न हानिकारक हुन्छ । ज्योतिषिय आधारमा आजको खण्डग्रास सूर्य ग्रहण बृष, कन्या, तुला र कुम्भ राशिले हेर्न शुभ हुने र बाकी राशिले सूर्य ग्रहण हेर्न अशुभ रहेको छ । बिशेष गरी कर्कट राशिमा खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको हुदा यो राशिका महानुभाबहरुलाई बिशेष कष्ट हुने योग छ ।

Comments